(गर्हौंकोट राज्य र भिरकोट राज्य बिच लडाईंको ऐतिहासिक कथा) !
उनको
मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी
भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै भिरकोटे
सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए । रानीको
सौन्दर्यरुपी अस्त्रले आसपासका सबै सैनिकहरुको शक्ति नै क्षिण गराएजस्तो
भान हुन्थ्थो । कसैमा पनि रानीको तरबारको चपेटामा परिएला कि भन्ने होश समेत
रहेन । यसैले बैरीतर्फका सैनिकहरु एक पछि अर्को गर्दै उनको आक्रमणको शिकार
भई नै राखे ।
बिरंगना
रानीले हातमा नाँगो तरबार नचाउँदै वायुबेगले घोडा दौडाईन् र अन्दा धुन्द
बैरितर्फका सैनिकहरुलाई मुलाकाटे झैं काट्न थालिन् । युद्द हुनुको मुख्य
कारण दुई राज्य बिचको साँध सिमाना र भिरकोटेहरुले गर्हौंकोटतर्फ चलाएको
लुटपाट नै थियो । त्यतिबेला भिर्कोट राज्य र गर्हौंकोट राज्यको साँध सिमाना
मिर्दीखोला र आँधीखोलाको संगमस्थल देखी पूर्वतर्फ कायम गरिएको थियो ।
गर्हौंकोट र भिरकोट राज्यको लडाँईंताका गर्हौंकोटको राजधानी घ्याङलिङ थियो
भने भिरकोटको राजधानी दभुङकोट थियो । राजाहरुले जहाँ जहाँ आफ्नो कोट,
किल्ला र दरबार बनाउँथे त्यहीं नै त्यस राज्यको राजधानी हुने गर्थ्थो ।
गर्हौंतर्फका
राजा जसराज खान सानैदेखी नै युद्दकला र शिकार खेल्नमा रुची राख्थे ।
भिर्कोटेहरुले गर्हौं र भिरकोटको सिमानालाई लिएर पहिले देखिनै बखेडा
झिकीराखेका थिए र यो कुरा उनलाई मन परेको थिएन । उनका पिता दशरथ खानको
पालामा यि दुई राज्य बिचको सिमाना मिर्दीखोला र आँधीखोलाको संगमस्थल देखि
पूर्वतर्फ कायम गरिएको भएतापनि भिर्कोटेहरुको बलमिच्याईंले गर्दा
कहिलेकाहिं गर्हौंराज्य अन्तर्गतका जनताहरुले दुख पाईराखेका र अनैतिक
तरिकाले तिरो असुल्ने कार्य हुँदै आएको थियो । यो क्रम निरन्तर चली नै
रहेकाले गर्हौंकोट तर्फबाट निग्रानीका निम्ती सैनिकहरु खटाउने निधो गरियो ।
यसरी कहिलेकाहिं तिरो असुल्न र अन्नपात लुट्न आउने भिरकोटेहरुलाई रोक्नका
लागि गर्हौंकोटे सैनिकहरु ठाउँ ठाउँमा खटिन थाले । जुन जुन ठाउँमा उनीहरु
लुटपाट मच्चाउने हेतुले आउने गर्थे ति सबै ठाउँहरुको बिबरण संकलन गरियो ।
यसरी निग्रानी गर्न थालेको पनि झण्डै महिना दिन बिती सकेको थियो ।
निरन्तरको निग्रानी पश्चात, जेठ महिनाको पहिलो हप्ता, आफ्नो राज्यको मुख्य
अन्न भण्डार मानिएको डौंवाफाँटमा लगाईएका बालीहरु लुट्नका निम्ती
भिर्कोटेहरु बगुवाफाँट हुँदै आँधीखोला तर्दै गरेको सुचना गुप्तचरहरुले राजा
कहाँ ल्याई पुर्याए । उत्तरतर्फ निग्रानीका निम्ती खटिएका गर्हौंकोटे
सैनिकहरु आफ्नै राज्य अन्तरगतको अमलेको चौतारीमा बस्ने गर्थे । यो सुचना
पाउना साथ सुरक्षाका निम्ती खटिएका सैनिकहरुलाई सतर्क गराईयो । यसरी खटिएका
सैनिकहरुको संख्या केहि कम देखिएकाले त्यसतर्फ थप शैन्यबल पठाउने निधो
गरियो । थप सैनिकहरुका निम्ती घोडाहरु तयार पारिए र हातहतियार सहित
डौंवाफाँट तर्फ पठाईयो । केहिबेर मै गर्हौंबाट पठाईएका थप सैनिकहरु अमलेको
चौपारी सम्म आईपुगे र पुरानो सुरक्षा बलमा सामेल हुनपुगे । उताबाट आएका
भिरकोटे लुटेराहरु आँधीखोला तरेर धेरै नै वरसम्म आईसकेका थिए । उनिहरुलाई
गर्हौंकोटे सैनिकहरु निग्रानीका निम्ती लुकेर बसेको कुरा थाहा थिएन ।
केहिबेर सम्म त गर्हौंकोटे सैनिकहरुले उनिहरुको चर्तिकला हेरेर बसे । तर
केहि समय पश्चात घोडाचढी सहितका हतियारधारी गर्हौंकोटे सुरक्षादल एक पछी
अर्को गर्दै बाहिर निस्कन थाले । उनिहरुको योजना मुताबिक, चारैतिरबाट
भिरकोटेहरु घेरिई सकेका थिए । यसरी एकाएक गर्हौं सैनिकहरुको आगमन देखेर
लुटेराहरुको सातो पुत्लो नै गयो र भागाभाग गर्न थाले । तर चारैतिरबाट
घेरिईसकेकाले त्यती सजिलै भागी हाल्न सम्भब पनि थिएन । धेरैलाई त
गर्हौंकोटेहरुले हताहत नै पारे र केहिलाई बन्दी समेत बनाई घ्याङलीङसम्म
ल्याईपुर्याए ।
केहि
समय सम्म त दुबै राज्यहरु बिच यस बिषयलाई लिएर आपसी भनाभन र चर्काचर्की
चलि नै रह्यो । दुबै राज्य तर्फबाट समय समयमा बिशेष दुतहरु बिभिन्न शर्त र
सन्देश लिएर एक अर्काका राज्यहरुमा पठाईए । तापनि समझदारी कायम हुन सकेन ।
दुबै राज्यका राजाहरु आ-आफ्ना अडानमा टसको मस नभएकाले युद्दको खतरा झनै
बढ्न थाल्यो । यसरी दुबै तर्फबाट सम्बाद र सहमतिद्वारा युद्द टार्ने अन्तीम
बिकल्पको आशा समेत निकै नै न्युन देखिन्थ्थो । डौंवाफाँटमा आफ्ना राज्यका
ब्यक्तिहरु हताहत पारिएको र बन्दी बनाईएकाहरुलाई गर्हौंकोटेहरुले छाड्न
नमानेकाले भिर्कोटेहरुले पनि बदला लिने मनशायले गर्हौंराज्य तर्फका ग्रामिण
र बिकट गाउँहरुमा लुटपाट र आतंक मच्चाउन थाले । पानीका मुहानहरु बिगारी
दिने, बिषादी हालीदिने, खोलाका बाँधहरु भत्काईदिने, आईमाई केटाकेटीहरुलाई
तर्साउने र धम्काउने ईत्यादि गर्न थाले ।‘अत्याचारको पनि पराकाष्ठा हुन्छ ।
कसैगरे पनि लुकिछिपी मार हान्ने र दुख दिनेहरुका अगाडी संगठीत र योजना
मुताबिकको युद्दले जित्न सक्दैन’ भन्ने कुराको हेक्का गर्हौंकोटे राजाले
बुझेका थिए । स्थाई समाधानका उपायहरु नखोजे सम्म आफ्ना राज्यका जनताहरु
यसरी नै भिरकोटेहरुको अत्याचारबाट मुक्त हुन सक्ने स्थिती उनले देखेनन् ।
यसै बिषयलाई लिएर राजा जसराजले राज्य सभाको आयोजना गरे र समाधानका उपायहरु
खोज्न थाले । दिनानुदिन भिरकोटेहरुको अत्याचारका उजुरीहरु थपिंदै जान
थालेकाले उनलाई झनै बढि यस विषयले पिरोली राखेको थियो । उजुरी परेका
ठाउँहरुमा खान तलासी र प्रतिकारका लागि शैनिकहरु पठाएतापनि भिरकोटेहरु
कहिले रातको मौका पारेर त कहिले लुकीछीपी लुटपाट मच्चाउन आउने हुँदा यो पनि
प्रभाबकारी हुन सकेन । राज्य सभाको निर्णय मुताबिक भिर्कोटे हरुसंग युद्द
नै गर्नु पर्ने देखिन आयो र यो भन्दा अर्को बिकल्प देखिएन । यसैक्रममा
गर्हौंकोटको संधियार राज्य गुल्मी चारपाला राज्यलाई “ केहि दिन भित्रै
गर्हौंराज्य र भिरकोटराज्य बिचमा युद्द हुँदैछ सहयोगको लागि तुरुन्त सैनिक
पठाईदिनु” भनि युद्दहुने दिनको सम्बत राखेर पत्र पठाईयो । चारपालाराज्य
गर्हौंराज्यको ससुरालीराज्य अर्थात रानी शैलेश्वरीको माईतीराज्य थियो ।
यसर्थ त्यहाँबाट सैनिक सहायता पाउने बलीयो सम्भावना देखिन्थ्थो । युद्द
हुने प्राय निश्चितै भएकाले दुबै राज्यहरु आ-आफ्ना सैनिक संगठनको बिस्तार र
हातहतियारको बन्दोवस्ती तर्फ जुट्न थाले ।
असारको
महिना, बर्खायाम भर्खरमात्र सुरु भएको थियो । चारैतिर पानीका मुलफुट्ने
क्रम जारी थियो र नदिनालाहरु पूर्ण यौवनका साथ जुर्मुराउन थालेका थिए ।
यसपाली आँधीखोलामा पोहोर साल भन्दा केहि समय पहिले नै बाढी चली सकेको थियो ।
यसैले अगल बगलका फाँटहरुमा लगाईएका खेतीपाती पनि बलौटे र पाँगोमाटोले
ढाकेर ठुलो नोक्सान गरेको थियो । गर्हौंराज्यको राजधानी रहेको घ्याङलिङ
डाँडा भिरकोट राज्यसंगको सिमाना मिर्दीखोला संगै जोडिएकाले युद्दकालागि
गर्हौंकोटेहरु खोला तरेर पारी माझमडै तर्फ जानु पर्ने देखियो । युद्दको दिन
आउन अब एक दिन मात्र बाँकी थियो । युद्दका सबै तयारीहरु पुरा भैसकेका थिए र
राजा रानीको बिशेष निरिक्षण चलिनै राखेको थियो । भोलीपल्टको युद्दका
निम्ती बनाईएको योजना मुताबिक, भिर्कोटे सैनिकहरु सेरुङगा सम्म आईपुग्नु
पूर्व नै आफ्ना सबै सैनिकहरुलाई मिर्दीखोला पारीसम्म पुर्याई सक्नु पर्ने
देखियो । तर युद्दकालागि त्यति परसम्म जानु नपर्ने भएकाले र युद्दको
समाप्ती पश्चात आफ्नै राज्यमा फिर्ता आउन सकिने सम्भावना देखिएकाले
खाद्यान्न आपूर्तिका लागि भरियाहरु तयारगर्नु परेन । भोलीपल्ट , राजा जसराज
खान चारपालाका सैनिकहरुको आगमन हेर्दै आफ्नी मुमा महारानी केशवतीको
आशिर्वाद थाप्न खोपीतर्फ लागे । आमाको आशिर्बाद थापीसकेपछी गर्हौंकालिकाको
बिधिपूर्बक पूजागरे र सैनिकहरुलाई साईतको टिका लगाईदिए । पुन एकपटक
ईष्टदेबी गर्हौंकालिकातर्फ फर्के र प्रणाम गरि आशिर्बाद मागे ।
उता
रानी शैलेश्वरीले बालक युवराज उत्तिमलाई डाँडीमा सुताउन लागेकी थिईन ।
राजा संगको केहिबेरको भलाकुसारी पछि रानीले पनि युद्दमा संगै लड्न जाने
मनशाय बनाईन र राजकुमार उत्तिमलाई सुसारेहरुको जिम्मा लगाईन् । माईतमा
हुँदा सानै देखिनै नै बडो कुशलताका साथ युद्दकला सिकेकी हुनाले उनको
अनुहारमा बिरता र आत्मविस्वासका रेखाहरु प्रष्ट देखिन्थे । युद्दकलामा
ठूल्ठूला मै हुँ भन्ने बलबानहरुलाई समेत धुलो चटाएको अनुभब उनमा थियो ।
“भिर्कोटेहरुलाई सकेमा धुलो चटाउँला’ नसके बिरगति प्राप्त गरुँला” भन्ने
अठोटगरि रानी शैलेश्वरी पनि राजासंगै युद्दमा निस्कने तयारी गर्न थालिन् ।
त्यतिबेला
गर्हौंकोट राज्यका तर्फबाट माझी, दमै र गाईनेहरुले गुप्तचरीको काम गर्ने
गर्थे भने भिरकोटेहरुका तर्फबाट सन्यासी, जोगी, गाईने र जुत्ता सिलाउने
सार्कीले गुप्तचरीको काम गर्ने गर्थे । यिनीहरुले छद्दम भेषमा माछा मार्ने,
लुगा सिलाउने, गीत गाउने, छालाका जुत्ता बनाउने, जोगीको भेषमा माग्दै
हिँड्ने बहाना पारी बैरी राज्यभित्र प्रवेशगरि भित्रीया सुचनाहरु राजा कहाँ
ल्याईपुर्याउने गर्थे । यसैक्रममा गर्हौंतर्फ एकाएक टिम्के दमै दौडदै आयो र
राजामा बिन्ती चढाउँदै भन्न थाल्यो “महाराज भिर्कोटेहरु बार्ह-बिस (२४०
जना ) जति छन्, राजा घोड सबारमा छन् भने रानीलाई पाल्कीमै राखी ल्याईएको छ ।
यतिबेला भिर्कोटेहरु त्रियासीसम्म आईपुगेका छन् । राजा र सेनापतिले आफ्ना
सैनिकहरुलाई युद्दका बारेमा बिशेष र अन्तिम प्रशिक्षण दिंदै छन् ।“ ईत्यादि
खबर दिई सकेपछि टिम्के दमै गुप्तचरीका लागि फेरीपनि मिर्दीखोला तरेर
माझमडैको घाँच घाँचै लुकीछीपी रामबाच्छा तर्फ हानियो । “रानी पाल्कीमा आएकी
छन्” भन्ने सुचना टिम्केको मुखबाट सुन्दा रानी शैलेश्वरीलाई हाँसो उठ्यो र
“कायर रानी” भन्ने शब्द मुखबाट निकालिन् । हुनपनि आईमाईहरु भोग र
मनोरञ्जनका साधनमात्र भएको उनलाई मन पर्दैनथ्थो । यसैले उनले बिबाह गरेर
आईसके पछि पनि आफ्नो राज्यमा महिला स्वतन्त्रता र आत्मनिर्भरताको लागि पहल
गरेकि थिईन । राजा जसराज पनि कुशल बुद्दि र बिबेकशिल भएकाले रानीको कुरालाई
नकार्दैनथे र राज्यको भलाईका निम्ती रानीबाट सुझाब सल्लाह लिन पछि
पर्दैनथे ।
टिम्के
दमैले ल्याएको गुप्तचरीको खबर पाएपछी राजाले आफ्ना सैनिकहरुको संख्या, हात
हतियार र बन्दोवस्तीका सामग्रिहरुको पुन:निरिक्षण गर्न लगाए । सेनापति
काशिराज ठकुरीले सबै निरिक्षण गर्दा आफ्नातर्फ जम्मा जम्मी १८० को
हाराहारीमा सैनिकहरु युद्दमा जानलागेको र केहि थप गाउँलेहरु जम्मा भएको
विबरण दिए । अव यतिका सैनिकलेमात्र युद्द नजीतिने हुनाले राजा केहिबेर
सोचमग्नमा परे र पश्चिमतर्फ नजर डुलाउन थाले । आफूलाई सहायता गर्न
आउनुपर्ने गुल्मी चारपालाका सैनिकहरु कहाँसम्म आईपुगे होलान् भन्दै सेनापति
काशिराजलाई छिटो भन्दा छिटो खबर ल्याउनलाई आदेश दिए । तर यो खबर केहिबेर
अघिमात्र पश्चिमतर्फ पठाईएको गुप्तचर चिलिमे नाम गरेको गाईनेले ल्याएको
हुँदा सोही खबर राजा जसराजमा जाहेर गरियो । मोदीखोला सम्म चारपालाका
सैनिकहरु आईपुगेको खबर पाएपछि राजामा ठुलो हौसला आयो र अनुहारमा बिजयका
रेखाहरु देखिन थाले । रानीको ईच्छा बमोजिम सबै सैनिकहरुलाई तुरुन्तै
युद्दका निम्ति तयारहुन आदेश दिए ।
रानी
शैलेश्वरीमा अलग्गै उमङग थियो । त्यतीका युद्द कौशलतामा निपूर्ण भएतापनि
उनलाई कहिल्यै पनि यसखालको युद्द लड्ने अवसर जुरेको थिएन । माईतमा हुँदा
पनि बुवा महाराजलाई आफ्नो माईतीराज्यको सिमाना वढाउनु पर्यो भनेर कचकच
गर्ने गर्थिन् रे । यसैले उनका लागि यो युद्द एउटा अवसर जस्तै लागेको थियो र
“म एक्लैले सबैलाई काट्छु” भन्ने महाकालीको जस्तो हिम्मत आएको थियो ।
तहिंमाथि माईती राज्यबाट सैनिकहरुको आगमनले उनमा झनै ठुलो हौसला र खुसी
ल्याएको थियो । रानी शैलेश्वरीले पुन एकपटक युबराज उत्तिमलाई हेरिन् ।
युबराज उत्तिम डाँडीमा मस्तले खेलेर बसिराखेका थिए । काखमा लिईन र म्वाँई
खाई फेरी कोर्को मै छाडी बाहिर निस्किईन । समय अब बिल्कुलै थिएन । यसैले
राजा रानी आ-आफ्ना घोडाहरुमा हात हतियार सहित सबार भए र अगाडी लागे । लडाईं
पर्दा आफ्नो राज्य भित्रका सबै जातजातीहरुले भाग लिनु पर्ने हुन्थ्थो ।
गाउँका बलिया बाँगाहरुलाई छाँटिन्थ्थो र लडाईका निम्ती तयार पारिन्थ्थो तर
लडाईंमा क्षेत्रीय नै अगिल्लो पंक्तिमा लड्नु पर्थ्थो । कहिले काहिं
अग्रपंक्तिमा लड्ने क्षेत्री, ठकुरीहरु कम देखिन आएमा पहाडको लेकमा बस्ने
गुरुङ ठीटाहरुलाई अग्रपंक्ति मै साथमा लड्न लगाईन्थ्थो । उनीहरु जंगल र
खोरिया फँडानीगरी बस्ती बसाउन सिपालु हुन्थे र खुकुरी, खुँडा चलाउनमा माहिर
मानिन्थे । मोटाघाटा, रसीला र दर्हा हुनेहुनाले तथा काटमारका हतियारहरु
चलाउन सिपालु समेत हुनेहुनाले यिनीहरुलाई छानिन्थ्थो । अन्य जातहरुले
खाद्यान्न बोक्ने, हातहतियारहरुमा साँध लगाउने, सुचना आदान प्रदान गर्ने,
औषधि मुलोको ब्यवस्था गर्ने, घाईतेलाई स्याहार्ने ईत्यादि लगाएतका कामहरु
गर्ने गर्थे । आईमाईहरुले किल्लाहरुको टालटुल गर्ने, लिपपोत गर्ने , अति नै
आवश्यक परे हतियारै पनि उठाउने, सैनिकहरुलाई खाना बनाउने ईत्यादि जस्ता
कामहरु गर्थे । हुन त गर्हौंकोटेका शैनिकहरु भिर्कोटेको जति संख्यामा
थिएनन् तैपनि चारपाला तिरबाट सहयोगका लागि आउँदै गरेकाले यो युद्द पक्का
जितिन्छ भन्ने राजा रानी दुबैलाई पुरा विस्वास थियो ।
भिर्कोटे
सैनिकहरु पनि हातहतियार सहित युद्दको उन्मादमा थिए । सबै सेनाहरुले अन्तिम
अवस्थासम्म पनि लड्नु पर्छ, राज्य र राजाका खातिर पिठ फर्काएर भाग्नु
हुदैन भन्ने भावना सबैमा थियो । ब्रामणद्वारा महाकालीको बिधिपूर्वक पूजा
गरेर कालो बोको बली दिएपछी क्षेत्रीयहरुले तरवार र खुँडा हातमा लिई आफ्नो
गोत्र र बैरीको गोत्र मुड्याई बिजय हासिल गर्न खाँडो जगाउने चलन थियो र यो
काम दुबै तर्फबाट गरिएको थियो । युद्दमा राजा रानी र ब्रामणहरु परै बसेर
युद्द हेर्ने र युद्दको खबर लिने परम्परा जस्तै थियो । जब आफ्ना सैनिकहरु
काटींदै जान्थे र हार्ने अवस्था आईपुग्थ्यो, राजा रानी र ब्रामणहरु यस्तो
सूचना पाउनासाथ बैरी सैनिकहरुलाई छल्दै र लुक्दै भाग्न थाल्थे र ज्यान
बचाउन तर्फ लाग्थे । यसपाली भने भिरकोटे राजा आफैले युद्दको कमान समालेका
थिए र रानी मात्र सेरुङगा कालिका थाननेर बसेर युद्द हेर्ने मनसायमा थिईन ।
यो ठाउँ उनको लागि उपयुक्त पनि थियो । लडाईमा कथम कथाचित आफ्नो राज्यको हार
भैहालेमा पनि सेरुङगाको डाँड डाँडै ढुवानडाँडा, त्रियासी निस्की थुमा –
धरमपानी हुँदै दभुङकोट जान सुरक्षित हुन्थ्थो । यसैले भिर्कोटे रानीले यहीं
बसेर युद्द हेर्ने निधो गरिन् । भिर्कोटे सैनिकहरुले कोही बगुवा हुँदै
सिंगारेठाँटी तिरबाट जाने र कोही त्रियासीबाट ढुवानडाँडा हुँदै सेरुंगा
कालिकाबाट तल झर्ने निधो गरे र सोहि अनुसार सैनिकहरु बिभाजन भई अगाडी बढे ।
गुप्तचरहरुको सुचना अनुसार गर्हौंलाई सहयोग गर्न चारपालाका सैनिकहरु आएको
खबरले उनीहरुका मनमा ढ्याङग्रो ठोक्न सुरु गरिसकेको थियो तापनि आफ्नातर्फ
युद्दकलामा निपूर्ण सैनिकहरु प्रशस्तै भएकाले र हात हतियारको अवस्था पनि
राम्रो रहेकाले राजामा आत्मबल घटेको थिएन । गर्हौंकोटे सैनिकहरु अझैसम्म
पनि युद्दका निम्ती फाँटसम्म आई नपुगेकाले केहिबेर राजा पनि रानीसंगै माथि
सेरुँगाको थुम्कीमै बसेर पश्चिम ध्याङलिंग तर्फ चियाउन थाले । केहिबेर
पश्चात नै गर्हौंकोटे सैनिकहरु जम्मा हुँदै र अगाडी बढ्दै गरेको प्रष्ट
देखिन थाल्यो । दुबै तर्फबाट आफ्ना र पराई सैनिकहरुलाई उत्तेजित गराई रगत
तताउने खालका चुनौतीपूर्ण बाजाका धुनहरु सुनिन थाले ।
चारपालाबाट
सहायता गर्न आएका सैनिकहरु अझैसम्म आईपुगेका थिएनन् तैपनि गर्हौंका
सैनिकहरु मिर्दीखोला तरेर अगाडी बढे । लडाँई हुँदा हुँदै सहायता सैनिकहरु
आफ्नो सेनामा मिस्सिन आईपुग्छन् भन्ने राजा रानी र सेनापति काशिराजको
अड्कलले सैनिकहरुलाई अगाडी बढाए । गर्हौंतर्फबाट पनि भिर्कोटे सैनिकहरु
बाजागाजाका साथ पारी सेरुङगासम्म आईपुगेको प्रष्ट देखिन्थ्थो । त्यसताका
अर्मादीखोला हाल बगिरहेको स्थानबाट नबगी रामबाच्छा डाँडाको घाँच घाँचै
(हालको सिद्दार्थ राजमार्गको किनारै किनार) बगेर मिर्दी माझमडै नेर आई
आँधीखोलामा मिस्सिने गर्थ्थो । जुन तथ्थ आज पनि प्रष्ट नै देख्न र बुझ्न
सकिन्छ । गर्हौंकोटे सैनिकहरु मिर्दीखोला पारगरि माझमडै सम्म आईपुगेका थिए र
अर्मादीखोला पनि तर्ने तर्खरमा देखिन्थे । यतिबेला सम्म बिभिन्न बाटो
हुँदै आएका भिरकोटे सैनिकहरु सेरुङगा चौतारी नेर जम्मा भैसकेका थिए ।
दुबै
तर्फका सैनिकहरुले एक अर्काका सैनिक जथ्थाहरुलाई अब प्रष्टसंग देख्न सक्थे
तैपनि दुबै सैनिकहरु बिचको दुरी अझैपनि बढी नै थियो । दुबैतर्फ युद्दको
बिगुल फुकियो । दुबै तर्फका बाजाहरु झन् झन् उत्तेजित र जोड तोडका साथ
घन्किन थाले । चुनौती स्वरुप “तिनताल” को धुन ठोक्न थालियो । ‘यो
“तिनताल”को धुनमा जोस्सीएर आ-आफ्नै सैनिकहरु बिच काटाकाट हुने त होईन ?
भन्नेकुराको आशंका दुबैतर्फका राजाहरुलाई हुन थाल्यो ।’ “तिनताल”को धुन जति
जति जोडतोडले ठोकिन्थ्थो त्यती त्यती नै दुबैतर्फका सैनिकहरु एक अर्काका
गर्धन काट्न आतुर देखिन्थे । यसै जोशमा ‘हरहर महादेब’ र ‘जयकाली’को
चिच्याहट संगै हातमा खुँडा, तर्बार र भाला नचाउँदै दुबैतर्फका सैनिकहरु
अगाडी बढे ।
युद्द
मैदानको आसपासका गाउँ वस्ती र पाखाहरुबाट युद्द हेर्न र परेमा आफ्नो
राज्यका खातिर सहयोगमा जुट्न चारैतिर जनमानसको भिड देखिन्थ्थो । आफ्नै
सुरक्षाका निम्ती सबैका हा-हातमा हँसिया, बन्चरो र खुकुरी लगाएत केहि न
केहि साना तिना घरेलु हतियारहरु देखिन्थे । यिनीहरुले पनि आफ्ना
राज्यतर्फका सैनिकहरुलाई जोस्याउने र युद्दका निम्ती उत्प्रेरित गर्नेखालका
‘हान् हान्’ र ‘मार् मार’ जस्ता शब्दहरु भट्याईएका थिए ।
बर्षामास
। दुईदिन अगाडीको ठूलो बर्षाले खेतहरुमा जमेको पानी राम्ररी सुक्न पनि
पाएको थिएन । मध्यान्नको घाम, यसैपनि चर्कि राखेकै थियो । आकासमा चिल र
गिद्दहरु प्रशस्तै उडिराखेका देखिन्थे । सायद, युद्दको भनक उनिहरुले पनि
पाएका थिए । उनीहरुपनि मान्छेको ताजा, नुनिलो र मीठो रगतको स्वाद लिने
दाउमा देखिन्थे ! यसैक्रममा दुबैतिरका सैनिकहरुको सित्तलेनेरको फाँटमा
जम्काभेट भयो । राजा रानी अग्रपंक्तिमै थिए र उनिहरुका लागि सुरक्षा घेरा
बनाईएको थियो । राजा ले राजा संग, सेनापतिले सेनापति संग र सैनिकले
सैनिकसंग नै युद्द गर्ने गर्थे । गर्हौंकोटे राजा जसराज खान भिरकोटे राजा
मेदिनी खान संग भिडे भने गर्हौं सेनापति ‘काशिराज ठकुरी’ भिर्कोट तर्फका
सेनापति ’रणजंग ठकुरी’ संग भिडे । गर्हौंकोटे तर्फ सैनिकको संख्या कम
भएकाले कतिपय गर्हौंतर्फका सैनिकहरु, ‘दुई दुईजना’ भिरकोटे सैनिकसंग लड्नु
पर्ने बाध्यता थियो । यस अवस्थालाई बुझि रानी शैलेश्वरीले बडो कुशलताका साथ
घोडा दौडाउँदै घुमी घुमी बैरी सैनिकमाथि आक्रमण गर्न थालिन् । रणभूमिमा
उनी महाकाली रणचण्डीले झैं रौद्ररुप धारण गरेकि जस्तै देखिन्थिन् । उनको
लामो र रेशमी केशराशी पिढ्यूँसम्म नै लतमन्न देखिन्थ्थो । देख्नमा, मानौं
घना जंगलको शुन्दरतम हरियारी सरह । घोडाको तुफानी बेगसंगै उनका सिल्की
बालहरु हावा मै लहराउँथे । रानीको मादक सौन्दर्यताले बैरीतर्फका
सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । मानौं, भर्भराउँदो ज्वालामा
पुतलीहरु फसेझैं एक पछी अर्को गर्दै भिरकोटे सैनिकहरु उनको चंगुलमा फसी
राखेका देखिन्थे । बिरंगना रानीले हातमा नाँगो तरबार नचाउँदै र बायुबेगमा
दौडदै अन्दा धुन्द बैरितर्फका सैनिकहरुलाई मुलाकाटे झैं काट्न थालिन् ।
उनका अगाडी जस्तै मैं हुँ भन्ने युद्दमा कुशल ठहर्याईएका सैनिकहरु समेत
कोहि टिक्न सकेनन् र एक पछी अर्को गर्दै, ढल्दै र काटिंदै गए । माहोल निकै
नै गरम देखिन्थ्थो र घोडाको हिनहिनाहटपूर्ण आहट र ‘तिनताल’को ठोकाईले सबैको
रगत तताएको थियो । राजा जसराज खान र सेनापति काशिराज पनि के कम, उनिहरु
पनि उत्तिकै कौशलतापूर्वक लडी नै राखे । तैपनि आफ्नातर्फका सैनिकहरुको
संख्या कम भएकाले भिर्कोटे संगको यस युद्द भारी पर्दै गैराखेको थियो ।
लडाँईको सुरुवात भएको पनि निकैबेर भैसकेको थियो । कतिपय सैनिकहरु थाकी पनि
सकेका देखिन्थे र कतिपयका त अंगभङग भई ओषधिमुलो पनि गर्दै गरेको देखिन्थ्थो
।
गर्हौं
राजा जसराजले आफ्नातर्फ धेरै नै सैनिकहरु हताहत भएको देखे र आफुलाई सहयोग
गर्न आउँदै गरेका गुल्मी चारपाला राज्यका सैनिकहरु छिट्टै नआई पुगेमा आफ्नो
राज्यको हार हुने कुराको उनले अनुमान लगाए । राजा रानी र सेनापतिको गुप्त
संकेतले आफ्ना सैनिकहरुलाई लड्दै लड्दै आफ्नै राज्यको सिमाना मिर्दीखोलाको
किनारतर्फ पछी हट्नलाई निर्देशन गर्यो । यसो भएमा सहायताका लागि आएका
सैनिकहरु संगको भेट छिटो हुन सक्थ्थो र आफ्ना सैनिकतर्फको क्षति कम
हुन्थ्थो भन्ने उनिहरुको अनुमान थियो । गर्हौंतर्फका गुप्तचहरुले “लडाँई
अगाडि नै सुरु भैसकेको र आफ्नोतर्फ निकै नै ठूलो क्षति भैराखेको” भन्ने खबर
चारपालाका सैनिकहरु वालिङ कटौंजेसम्म आईपुग्दा नै दिई सकेका थिए । यस
हिसाबले पनि सहायताका लागि आएका सैनिकहरु छिटो छिटो गरि युद्दमैदान तर्फ
लम्कँदै थिए । तर बिडम्बना आँधीखोला बढेकाले, आँधीखोला तरेर हिंड्ने स्थिति
थिएन र घ्याङलिङको घाँच घाँचै र बनको पाखै पाखो हुँदै अगाडी बढ्नु पर्ने
अवस्था थियो । यहि रफ्तारमा अगाडी बढ्दै जाँदा चारपालाका सैनिकहरु पनि केहि
समय पश्चात माझमडैसम्म आईपुगेको देखियो । त्यतिन्जेल सम्ममा
गर्हौंकोटेहरुले पछाडी पछाडी हट्दै र लड्दै गई भिर्कोटेहरुलाई निकै नै वर
सम्म ल्याई पुर्याएका थिए । आफ्ना सैनिक र बैरी तर्फका सैनिकहरु सजिलैसंग
चिन्न सकियोस भनेर गर्हौंराज्यले आफ्ना सैनिकहरुलाई एकै किसिमको छिटो र
छरितो खालको पोशाकको ब्यवस्था गरेको थियो । केहिबेर पश्वात चारपालाका सैनिक
जथ्था एकाएक गर्हौंतर्फ थपिन आईपुगे । उनीहरुको आगमन पश्चात युद्दभूमिमा
कोलाहल र भागाभाग मच्चिन थाल्यो । गर्हौं सैनिकको एकै किसिमको पोशाकका
कारणले उनीहरुलाई मित्र सैनिक छुट्याउन गार्हौ भएन । चारपालाका सैनिकहरु
थपिन आएपछी लड्दै गरेका गर्हौं तर्फका सैनिकहरु केहि मात्रामा पछी हट्न
पुग्यो र नयाँ शक्तिलाई लड्नका निम्ति अगाडी सार्यो । अब सैनिक संख्यामा
गर्हौंकोटेहरु धेरै भएकाले गर्हौंकोटेको अगाडी भिरकोटे सैनिकको केहि लागेन र
भिरकोटेहरु तर्फ ठुलो क्षति हुन थाल्यो ।
रानी
शैलेश्वरीको जोश, जाँगर र उमंगमा कत्तिपनि कमि आएको थिएन । उनको हातमा
भएको चमकदार तरबार बैरीका रगत र गर्दनको स्पर्शले झनै चम्के जस्तो भान
हुन्थ्थो । माईती राज्यका सैनिकहरुको आगमनले त झनै जोश र उमंग थपेको थियो ।
कतिपय सुरबिरहरु त उनका बालसखा नै थिए र उनीहरुसंग कैयौंपटक माईतमा हुँदा
संगसंगै युद्द अभ्यास पनि गरेकि थिईन् । आफ्नी प्रिय राजकुमारीलाई यसरी
राज्यका खातीर लड्दै गरेको देख्दा चारपालाका सैनिकहरु आत्मविभोर हुन पुगे र
पागलै सरह ज्यानको प्रबाह नगरी बैरीतर्फ खनिन थाले । अरिंगालका गोला झैं
भिरकोटे माथि चारपालाका सैनिकहरु खनिएकाले वातावरण झनै डरलाग्दो र
रक्तपातपूर्ण देखिन थाल्यो । भिरकोटे राजाले ‘अब युद्द जित्न सकिंदैन’
भन्ने ठहर गरि आफ्ना बचेका सबै सैनिकहरुलाई पछि हट्न लगाए र ज्यान बचाएर
भाग्ने संकेत गरे । लडाईंको मैदानबाट एकाएक भाग्न सम्भब नहुने र यसरी
भाग्दा झन बढी क्षति हुने सम्भावना बढ्ने हुँदा भिरकोटे सैनिकहरुले युद्द
रोक्नका लागि राजालाई अनुरोध गरे । युद्द चलिनै राखेको थियो र गर्हौंकोटेका
तर्फबाट रोकिने सम्भावना कमै मात्र थियो । पहिले नै आफ्ना सैनिकहरु धेरै
गुमाई सकेकाले र अहिले थप सैन्यबल प्राप्त भएकाले युद्दको उन्माद उनिहरुमा
बढेको थियो । त्यति नै बराबरको क्षति नपुर्याएसम्म र भिर्कोटेलाई लघारी
लघारी लखेटेर नकाटे सम्म उनिहरु थामिनेवाला देखिन्नथे । तहिंमाथि
भिरकोटेहरुले गर्हौंतर्फ चलाएको लुटपाट र धोखाधडीको दृष्य गर्हौंकोटे
शैनिकहरुले बिर्सेका थिएनन् । भिरकोटेतर्फ कोहि कोहि भाग्दै गरेको देखिन्थे
भने कसै कसैलाई गर्हौंकोटेहरुले लघारी लघारी घायल बनाई रहेको देखिन्थे ।
कोहि भने समातिने र काटीने डरले बढीरहेको आँधीखोलामा हेलिएर पारीतर्फ जान
खोजेका दृष्यहरु पनि देखिन्थे ।
एकाएक
रानी शैलेश्वरी र भिरकोट तर्फका सेनापति रणजंग ठकुरीको आमने सामने भेट हुन
गयो । दुबै युद्दकलामा एक से एक निपूर्ण थिए । बल्ल रानीलाई आफ्नो योग्यता
बराबरको सैनिकसंग लड्दै गरेको महशुस हुन थाल्यो । यिनीहरु बिचमा निकैबेर
घम्साघम्सी नै पर्यो । रानी शैलेश्वरीका निम्ती सेनापति रणजंग ठकुरी निकै
नै भारी देखिए । तैपनि रानी हिम्मत हार्नेवाला थिईनन् । एउटा कुशल
योद्दासंग लड्नुको रंग नै अर्कै लाग्दै थियो उनलाई । यसैविच सेनापति
रणजंगको तरबार बिचबाटै टुट्यो र ठुटो तरबारले उनी लड्न सक्ने भएनन् ।
केहीबेर त ठुटै तरबारले भएपनि प्रतिकार गर्दै राखे तर धेरैबेर यसरी लड्न
कहाँ पो सम्भब हुन्थ्थो र ? तुरुन्तै त्यस ठुटो तरबारलाई भुईंमा फाले र
आफुसंग भएको दोश्रो तरबार निकाल्न खोजे । तरबार निकाल्नका निम्ती देब्रे
तर्फको म्यानमा यसो के हातमात्र राख्न फर्केका थिए, चतुर रानीले तत्कालै
मौका छोपीहालीन् र तुफानी बेगमा सेनापति रणजंग ठकुरीको गर्दन उडाईहालिन् ।
भिरकोट तर्फका सेनापति अचानक काटिएपछि भिरकोटेहरुमा झनै कोलाहल र हाहाकार
मच्चिन थाल्यो । भिरकोटे राजालाई उनका सैनिकहरुले घेरामा राखे र गर्हौंकोटे
सैनिक संग प्रतिकार गर्दै पछाडी हट्न थाले । भिरकोट तर्फका सैनिकहरु कोहि
आँधीखोलामा हेलिए भने कोहि सेरुङगा र रामबाच्छा तर्फ लुक्दै र छिप्दै भाग्न
थाले । पछाडी हट्दा हट्दै राजा पनि अब शेरुंगाको खोंच सम्म आईपुगेका थिए ।
भिरकोटेहरु पछाडी हट्ने र भाग्नेक्रम जारी नै रह्यो । तैपनि ‘कसैले पिछा
गर्दै छन् कि !’ भन्ने डर भाग्ने सैनिकहरु सबैमा थिंदै थियो ।
गर्हौंकोटेतर्फ भने राजा रानीको जय जयकार हुन थाल्यो र युद्द जितेर बैरीलाई
लखेट्ने काम पनि जारी नै रह्यो ।
उता
सेरुंगाको थाप्लोमा बसेर युद्द हेरी रहेकी भिरकोटे रानीको हौंसले ठाउँ
छाड्न थाल्यो र आफूतर्फ सैनिकहरु भाग्दै र आउँदै गरेको दृष्य देखापर्यो ।
आफ्नो राज्यको हार भएछ भन्नेकुरा सैनिकहरुको दौडादौड र कोलाहलले प्रष्ट
बुझिन्थ्थो । राजा पनि पछि हटेर भाग्दै गरेको दृष्य उनले पनि प्रष्ट नै
देखिन् । ज्यान जोगाउनका निम्ती भाग्नु शिबाय उनको पनि कुनै उपाए थिएन
यसैले छिटो छिटो आफ्ना सुसारे र डोलेहरुलाई तयार हुन लगाईन । तर सोचिन्
‘डोलेलाई बोक्न लगाएर भाग्नु भन्दा पैदल भाग्नु नै छिटो होला’ भन्ठानेर
आफ्ना सहयोगी सहित सेरुङगाको डाँड्डाँडै ढुवानडाँडा हुँदै त्रियासी
निस्किईन् ।
यता
भिर्कोटे राजा र उनका बचेखुचेका सैनिकहरु बगुवा फाँटको चिसापानीसम्म
आईसकेका थिए । गर्हौंतर्फका सैनिकहरुले सिंगारे ठाँटीबाट नै लखेट्न
छाडीसकेकाले राजाले बल्ल चैनको सास फेरे । राजा चिसापानीको कुवासम्म आईपुगे
र बचेखुचेका सैनिकहरुलाई जम्मा गरे । केहिबेर त्यहाँ आरामगरि मलमपट्टी
लगाए र त्रियासी धरमपानी हुँदै आफ्नो दरबार दभूङकोट तिर ठडीए ।
भिरकोटेहरुलाई लघार्दै आएका गर्हौंकोटे सैनिकहरु सिङगारे ठाँटी भन्दा उता
गएनन् र त्यहिंबाट फर्कि आफ्ना सैनिकहरुको जथ्थामा सामेल हुनपुगे । युद्दको
भयाबह र कहालीलाग्दो दृष्य खेतका गर्हाहरुमा छरिएका लासहरुले प्रष्ट
देखाउँथे । राजा रानीको आदेश अनुसार काटिएका लासहरुलाई परिबारको जिम्मा
लगाई आँधीखोलाको किनारमा अवस्थित कटहरे र छेउहरे दहका तिरमा जलाउने र
अंगभंग भएकाहरुलाई औषधीमूलो गर्ने ब्यवश्था गरियो । युद्दको समाप्ति पश्चात
सबै सैनिकहरु बिजय उल्लासका साथ आफ्नो राज्य गर्हौंकोट ध्याङलिङ तर्फ लागे
। फर्कने क्रममा, सबै सैनिकहरुले आ-आफ्ना तरबार यबं खुँडामा लागेका रगत,
बाटै छेउमा रहेको माझमडै समीफेदको कुवामा धोईपखाली गर्न थाले । यो ऐतिहासिक
कुवा “माझमडैको कुवा”को नामले प्रसिद्द छ । “आफ्ना दाजु भाईहरुको रगत
पखालिएको कुवा” भनेर आजसम्म पनि भिर्कोटेहरुले यहाँको पानी पिउनु हुँदैन
भन्ने विस्वास रहेको छ र हामी सान्सानै हुँदा हामीलाई पनि यसै भन्ने
गरिन्थ्थो ।
रानी
शैलेश्वरीको बिरताको गाथा गर्हौं, भिरकोट, चारपाला लगाएत आसपासका सबै
राज्यहरुमा डढेलो झैं फैलियो । राजा जसराज खान पनि रानीको सौर्यगाथा सबैतिर
फैलिएकोमा मख्ख थिए । रानीको युद्द कौशलता र चातुर्याईंले आफ्नो राज्यले
युद्द जितेको कुरामा सबैलाई विस्वास थियो । युद्दको समाप्ति र विजय पश्चात
चारपालाका सैनिकहरुले केहिदिन गर्हौंकोट मै आराम गरे र त्यहाँ उनीहरुको
ठूलो मान सम्मान र स्वागत गरियो । केहि दिन पछि आफ्नी ईष्टदेबी
गर्हौंकालिकामा बिशेष पूजाआजा गरियो र देबीबाट राजा रानी र राजकुमार
उत्तिमले आशिर्वाद थापे । यस युद्द पश्चात पहिले झैं भिरकोटेहरुले
गर्हौंकोटे जनताहरुलाई लुट्ने, सताउने र तर्साउने कार्य गर्न छाडे । राजा
जसराज खानले पनि भिरकोट तर्फका मुख्य मुख्य नाकाहरुमा सैनिक सुरक्षाबल
राखिदिए र बेलाबेलामा राज्यको सिमाना सुरक्षार्थ आफै पनि निरिक्षणका निम्ती
हिँड्न थाले ।
नोट
:बिरंगना रानी शैलेश्वरी र उनको बिरतापूर्ण सौर्यगाथाको ऐतिहासिक ( नयाँ
तथ्यहरु सहित ) कथाको इतिहासकाल वि.सं.१५३७ देखी वि.सं.१५५९ बिच गर्हौंकोट
राज्यका दोश्रो राजा जसराज खान र भिरकोटे राजा मेदीनी खानको पालाको हो । यो
ऐतिहासिक कथा त्यसभेकमा सुनिएका केहि जनश्रुतीहरुका आधारमा तयार पारिएको
हो ।
(स्रोत : Merosyangja.com )
Post a Comment