Selamat Datang di Portal Sekolah

महादेवलाई भक्तको पत्र

श्रीमान महादेव महोदय,
कैलाश पर्वत।
बाउरे बाब्राम, चाउरे शुशील, झ्याउरे झल्लु, दाउरे दाहाल, गोलिबोली ओली, कच्चा बैद्य, छेरे शेरे, टपरे पौडेल, कच्छेगच्छे, सकुनि माकुने, नहरा महरा लौ हेर्नुस यस्ता त छन् हाम्रा सहारा ! बिन्ति महादेव हाम्लाई यो श्रापबाट मुक्त पार। भगवान छन भने पनि कति निष्ठुरी रैछन बा गतिला नेताजति अरु देशमा जन्माएर आफ्नै बासस्थान हिमालय खण्डमा भने संसारकै सबैभन्दा हुस्सु, गोपीक्वांच र काइते नेता थुपार्ने ? लौ भगवानै सहि अलिकति सोमत त हुनु पर्छ नि, कम्तीमा ‘कोड अफ कन्डक्ट’ र ‘नैतिकता’ भन्ने जिनिसको त हेक्का राख्नु पर्थ्यो ? लौ केहि लछारपाटो नालाएनी न्यूनतम रूपमा भएपनि सबै देशमा समानुपातिक रुपले देशभक्त राजनेता बाँड्नु पर्ने हो कि होइन ? त्यस्तो नि हुन्छ ? आफुहरु चै स्वर्गमा मोज गर्ने हाम्लाई भने सुँगुर भन्दा नि फोहोरी नेता भिडाउन तिम्लाई अलिकति पनि लाज लागेन ?
प्रभु तिम्रा कृपाले हामीले जति पनि नेता पायौं, छानेउ सबै द्रब्यकै पछी लाग्ने मात्रै भेटेउ~ देश र जनता अनि सुशासनका बारेमा कसैले सोचेनन ! देश त हेर्दा हेर्दै भष्ममा परिणत होला जस्तो भै सक्यो। म त येस्मा पनि तिम्रै दोष देख्छु ! उहिले के गर्याथेउ कुन्नि ? आजभोली ह्याँ जनतामाझ “धनदेखेपछि महादेवको पनि त्रिनेत्र जाग्छ” भन्ने उखान चलेको छ जुन हाम्रा नेताहरुको सबै भन्दा प्रेरणादायी उखान हो। अनि त जो पदमा पुग्यो उसैले सात पुस्तासम्म पुग्ने कुम्ल्याउने अनि देश विकास, जनताको स्तरोन्नति, सामाजिक सुरक्षा र सुबिधाजस्ता राज्यले जनतालाई दिनुपर्ने न्यूनतम सुबिधाहरु सिताराम राधेश्याम अनि हरहर महादेवसंगै बिलिन हुन्छन। हे भोले ! पशुपतिनाथको कृपाले चलेको देश भनेर तिम्रो इमान, इज्जत र प्रेस्टिजसंग जोडिएको यो देश बिलिन हुने बाटोमा जादैछ तिमी भने चिलिम फुकेर कैलाश डांडामै मस्त बसिराख, अहिले बाल नदेउ पछि पत्तो पाउलाउ।
यो ब्रह्माण्डभरि तिम्लाई अलिअलि गन्ने भनेको यहींका मान्छेले हो अन्तकाले त तिम्लाई चिन्दा पनि चिन्दैनन्। कुइरेले तिम्रो फोटो देख्यो भने भूत भनेर तर्सेर तिन हात माथि बुर्लुक्क उफ्रिन्छ। हुन् त भूतेश्वोर पनि तिम्रै रुप हो क्यारे तै पनि हामी त तिम्रो तै भूतेश्वोर रूपको पनि पूजा गरिदिन्छौ। हेर त यहाँका मान्छेले तिम्लाई कति इज्जत गरेका छन् देवाधिदेव, शम्भो, महादेव, आशुतोष, दिगम्बर, जगदीश के के गरि १०८ त बेग्ला बेग्लै नामले पुकार्छ्न। कत्रो श्रद्धाभक्तिले तिम्रो स्तुतिगान गर्छन तिमि भने चिलिम पड्काउदै पारोलाइ अँगालो हाल्दैमा मस्त छौ। याद राख यो देशलाई छिसिक्क केहि भैहालेको खण्डमा सबैभन्दा बढी खतरामा तिमि नै पर्छौ। हामि भेंडा मुलाको त के नै नापिन्छ र ? हामी त जो आए नि गए नि शक्ति र सत्तामा हुनेको स्तुति गाउने बस्ने त हो नि ! आखिर हाम्रा पनि सन्तान, श्रीमती अनि बाउ-आमा छन्। आफु बांचेमा यिनको खुशी देख्न सकिन्छ त्यसैले बाध्य छौँ। पछी केहि दायाँ बाँया भै हाल्यो भने मलाई नभन्नु ! पहिले नै खबर गर्द्या छु येसो सकिन्छ भने यी सुँगुरे नेताजतिलाई टुंगोमा पुर्याइदेउ र आफ्नो लुटिन लागेको इज्जत जोगाउ होइन भने लगौंटी बाँध्ने टालो पनि दिदैनन यिनले अनि खान्छौ ठुलो भाग कैलाश बसी बसी !
मैले थाहा पाए देखि गाँजा तान्ने शिवाय अन्य केहि सिर्जनसिलकाममा तिमि लागेको थाहा पाएको छैन। आफ्ना भक्तलाई पनि गतिलो काम गर्न कहिले सिकाएका छैनौ। त्यसै देशको सर्वोच्च भएर गजक्क परेर बस्न पाइदैन। केहि काम गरेर देखाउ होइन भने यहाँका मनुवाहरुले छिट्टै तिम्रा मठाधिसहरुको टुपी उखेल्न बेर लाउने छैनन। अनि त्यसपछि हामि त जसो तसो काम चलाउँला तिम्रो सारै पिर लागेर आउँछ। त्यसैले हत्पति मान्छेसंग निहुँ नखोज्नु नत्र तिम्लाई पनि कैलाश बिर्सिनेगरी बजाईदेलान। यी मनुवा जाति संग अलि जोगिएर हिड्नु नेताको रिस देउतामाथी पोख्न नि बेर लाउदैनन! लौ त प्रभु कति गनगन गरिराख्नु येसो सम्पर्क मै रहनु मौका मिले फेरी गफ गरौला आजलाई बिदा है त अस्तु !
प्रभुको सेवामा,
नेपाली भक्त
मर्त्यलोक
हैटी , २५ नोभेम्बर
(स्रोत : Nepalipost.com )
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger