Selamat Datang di Portal Sekolah

भुकम्पको सूचना

earthquakeनेपालमा गएको विनाशकारी महाभुकम्पपछि अहिले सामाजिक संजाल फेसबुक र टि्वटरमा एउटा तस्वीर निकै भाइरल बनेको छ । धेरैजनाले यो तस्वीर शेयर गरेका छन् ।
गिलासमाथि थाल राखिएको यो तस्वीरलाई भुकम्प सूचक यन्त्र नामाकरण गरिएको छ र दाबी गरिएको छ की यसले भुकम्प आएको सही सूचना दिनसक्छ ।
स्टिलको एउटा गिलास भुइँमा घोप्टाउने , त्यसमाथि ठाडो पारेर अर्को गिलास ठड्याउने अनि त्यसको माथिपट्टि  स्टिलकै थाल राखिएको यो भाडाकुटी जस्तो लाग्ने उपकरण नै हो, भुकम्प सूचक यन्त्र ।
यसरी थाल र गिलासबाट तयार गरिएको यो भाडाकुटी साँच्चीकै भुकम्पको सूचना दिन कामयावी हुन सक्ने देखिन्छ । अहिले हामीलाई साँच्चीकै मन डराएको अवस्थामा भुकम्प नगएको बेलामा पनि जमिन हल्लिएजस्तो तथा भुकम्प आएजस्तो महसुस हुन्छ । तर यदि आफ्नो नजिकै यस्तो भाँडाकुटी राख्नुभयो भने भ्रममा डराइरहनु पर्दैन ।
भुकम्प आएको बेला थाल र गिलास एक आपसमा हल्लिँदा आवाज उत्पन्न हुन्छ र अलि ठूलै झट्का आउँदा त थाल नै खस्दछ । निद्रामा भएको बेला भुकम्प आयो भने त अझ यो भाँडाकुटी झनै सहयोगी हुने पक्का छ । भुकम्प आएर थाल र गिलास खस्दा बज्ने आवाजले निद्रामा रहेकालाई पनि जगाउँछ र सतर्क बनाएर जोगिन तर्फ सहयोग गर्छ ।
त्यस्तो भुकम्पको सूचना दिने भन्दै अर्को भाडाकुटी यन्त्रको तस्वीर पनि फेसबुकमा खुबै शेयर गरिएको छ । स्टिलको ढकनीमाथि पेन्सिलको सहायताले कैँचीलाई ठड्याइएको यो यन्त्रले पनि भुकम्पको धक्का आउँदा तत्कालै ढलेर स्टिलको ढकनीमा बजि्रन पुगेपछि आवाज आउने र भुकम्पको बारेमा सूचना दिने होला सायद ।
भुकम्प कहिले आउँछ थाहा हुँदैन । त्यसैले वर्षौसम्म यस्ता भाडाकुटी ठड्याएर राख्न सम्भव हुने पनि भएन । तर अहिले प्रमुख भुकम्पपछिका पराकम्पनहरु गइरहेको र केही शक्तिशाली झट्का पनि जानसक्ने सम्भावना रहेको अवस्थामा भुकम्पको तत्कालै सूचना पाएर आफुलाई सुरक्षित राख्नको लागि यस्ता भाँडाकुटी सहयोगी हुनै नै देखिन्छ ।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger