Selamat Datang di Portal Sekolah

सहवास गर्दा कानून

आफ्नै श्रीमानसँग आफ्नै घरभित्र सहवास गर्दा पनि के आपत् आइलागेको हो कुन्नी । सम्भोग गर्दा निकै ठूलो आवाज निकाल्ने गरेको र छिमेकीहरुलाई दिक्क पार्ने गरेको अभियोगमा एक युवतीले २ हप्ता जेलको हावा खानुपर्ने भएको छ ।
बेलायतको बर्मिंघमकी बासिन्दा २३ वर्षीया गेम्मा वेललाई सम्भोगका बेला रोइकराइ गरेको र चिच्याएको अभियोगमा अदालतले २ हप्ताको जेल सजाय तोकेको हो ।
सम्भोगका बेला ठूलो आवाज निकालेर टोलमा बस्ने मानिसहरुलाई हैरान पारेको र लाजमर्नु बनाएको भन्दै छिमेकीहरुले यसअघि पनि पटक पटक गरेको उजुरीका आधारमा बर्मिंघम नगर परिषदले ती युवतीमाथि घरमा सेक्स गर्दा ठूलो आवाज निकाल्न प्रतिबन्ध अर्थात् अस्बो लगाएको थियो ।
सेक्सका बेलामा मात्र होइन उनलाई ठूलो भोल्यूममा गीत नबजाउन, अन्य बेलामा समेत नचिच्याउन, झगडा नगर्न तथा ठूलो आवाज निस्कने कुनैपनि काम नगर्न नगर प्रशासनले आदेश दिएको थियो । तर उनले उक्त प्रतिबन्ध उल्लंघन गरेर सेक्सका बेला पुनः चिच्याउन थालेपछि अदालतले जेल सजाय सुनाएको हो ।
दुइ सन्तानकी आमा समेत रहेकी ती महिला आफ्नो लोग्नेसँग सम्भोगका बेला वादविवाद गर्ने गरेको, छिमेकीसँग समेत झगडा गर्ने लगायतका काम गरेर आदेश उल्लंघन गरेको ठहर गर्दै न्यायाधीश इम्मा केलीले उनलाई २ हप्ताको जेल सजाय सुनाइन् ।
गएको जनवरी २९ मा उनी बिहान ५ बजेदेखि नै सहवासको क्रममा चिच्याउन तथा रुन थालेको र १० मिनेटसम्म त्यस्तो तमासा देखाउँदा सबै छिमेकीहरुको निद्रा खल्बलिएर उठ्नुपरेको छिमेकीहरुले अदालतमा उजुरी गरेका थिए ।
अदालतको आदेशपछि गेम्मालाई गएको मे १२ देखि दुइहप्तासम्म जेलमा हालिएको थियो । उनी अहिले भने जेलबाट छुटिसकेकी छिन् । अब आइन्दा पुनः यसरी नै चिच्याएमा उनलाई पटके कारवाही हुने बताइएको छ ।
Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger