Selamat Datang di Portal Sekolah

बच्चालाई स्तनपान


आधुनिक आमाहरुमाथि लाग्ने सबैभन्दा नमीठो आरोप भनेकै उनीहरु आफ्ना बच्चाहरुलाई स्तनपान गराउँदैनन् र बोतलको दुध खुवाउनपट्ट िलाग्छन् भन्ने हो । बच्चाका लागि आमाको स्तनपान अमृत समान हुन्छ र त्यसले बच्चाको स्वास्थ्यलाई मबजुत बनाउने तथ्य थाहा हुँदाहुँदै पनि धेरै आधुनिक आमाहरु आफ्नो सुन्दरता बिग्रिने भय तथा अन्य विभिन्न कारणहरुले गर्दा बच्चालाई पर्याप्त स्तनपान नगराउने गरेका तथ्यांकहरुले देखाउँछन् । महिलाहरुलाई स्तनपान गर्न प्रोत्साहित गर्दै एक अमेरिकी फोटोग्राफरले गज्जबको फोटो सिरिज तयार पारेकी छिन् ।
शिकागोकी २५ वर्षे फोटोग्राफर इभेट इभेन्सले विभिन्न महिलाहरुले विभिन्न पोजमा बच्चालाई स्तनपान गराइरहेका सुन्दर तस्वीरहरु खिचेर ब्रेष्टफिडिङ गडेस अर्थात् स्तनपान गराइरहेकी देवी शीर्षकको पुस्तक नै प्रकाशित गर्ने योजनामा छिन् । पुस्तक प्रकाशन अघि उनले स्तनपान गराइरहेका आमाहरुका तस्वीरलाई प्रदर्शनीमै राखेकी छिन् ।
stan pan (2)
स्तनपान गराइरहेका महिलाका तस्वीहरु ‘निकै शुद्ध, सुन्दर, पवित्र तथा विशाल’ रहेको उनको तर्क छ । उनले कतिपय तस्वीरमा आमाहरु भएर बच्चालाई दुध चुसाइरहेको दृश्य समेत समेटेकी छिन् । देख्दा केही अश्लील तथा भद्दा लाग्नसक्छ । तर यो विशुद्ध मातृत्व तथा प्रकृतिको पवित्र क्रिया रहेको उनको भनाइ छ । उनले अमेरिकाका विभिन्न ठाउँमा पुगेर महिलाहरुका यस्ता फोटोशूट गरेकी हुन् ।
stan pan (3)




stan pan (1)



stan pan (4)

stan pan (6)

stan pan (8)

altogether


Share this post :

Post a Comment


PAPAN PENGUMUMAN

 
Support : Link here | Link here | Link here
Copyright © 2014. Mero-Blog - All Rights Reserved
Template by Cara Gampang Published by Cargam Template
Proudly powered by Blogger