एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् ।
महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन््- “लौ एउटा उँधो जाओ, अर्को उँभो । उँधोजानेले टुप्पो र उँभो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू । जो पहिले फर्कन्छ उहि ठूलो ।”
त्यसपछि विष्णु गरुड चढेर उँधो उडेछन् र ब्रम्हा चाहिं पुष्पक विमान चढेर उँधो लागेछन् ।
बर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन््- “प्रभो, हामीले त उँभो-उँधो केही पत्ता लगाउन सकेनौं ।” अनि त्यसपछि महादेवले आफ्नो लंगौटी तल सार्दै भनेछन््- “देख्यौ त, को ठूलो रहेछ ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू । सृष्टिको नियम अनुसार आ-आफ्नो काम गर्नू । लौ जाओ फर्क अब ।”
ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख हेर्दै आ-आफ्नो घरतिर लागेछन् ।
(साभार: जयभुँडी )

Post a Comment