कत्ति भोकै बसें, तिमी थ्यौ,थिकै थ्यो,मिठो लाग्दैन भोक तिमी बिनाको…
यो प्रकृती पुर्ण थियो तिमी मुस्काउँदा,शम्शान लाग्छ यो लोक तिमी बिनाको."
अशान्त मन र जलिरहेको मुटुबाट भए पनी तिम्रो नाम मा सायद अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरुको सौगात प्रेषित गरेको छु । मन त थिएन तिमीलाइ यि सब लेखेर तिम्रो ब्यक्तिगत जिबनलाइ आघात पुरयाउनु तर पनि हेरन उठिसकेका यि निर्दोष कलम ब्याकुल छन मन भित्रका बोझीला अनी चोटिला भाबना हरु निर्जिब कागज माथि बिसाउन अब बाँकी नै के रह्यो र बस एक थोपा कालो मसी र एक टुक्रा सेतो कागजमा भाबना हरु पोख्नु बाहेक यती सम्मको अधिकार त दिन्छौ होला नि हैन जब कि म सँग कुनै अधिकार नै छैन ….।
समयको यो लामो दौडान पछी आज अनायसै मायाका बेग हरु थेग्नै नसकिने भेल बनेर उर्लिएको छ तिमीले त मलाइ बिरसी सक्यौ होला म पनी तिमीलाइ बिस्रने चेस्टा गर्दै थिएँ तर आज अचानक बर्षौ बाद तिम्रो स्मृतीहरु सपनामा प्रतिबिम्ब बनेर आएको छ । त्यही नसालु नजर,मन्द मुस्कुराहट मलाइ नै जिस्काइरहेछ तिमीले त भुलीसक्यौ होला ति रंगिन गोधुली साँझहरु ..जब जब तिमीलाइ पिडा र दुखहरु आइपर्थे बिसाउने चौतारी खोज्दै मेरो समिप आँउथ्यौ म छहारी बनेर तिमीलाइ आफ्नो न्यानो काख सुम्पनथे तिमी त्यही काखमा लुटपटिएर बेदना हरु आँसुमा बगाउँथ्यौ म कति सम्हालथेँ तिम्रा ति मोतीका दाना रुपी आँसु हरु…। तिम्रा ति मुल्यहीन आँसु हरु मेरा लागी अमूल्य उपहार थिए मैले त्यही तिम्रो आसुमा आफ्नो सुन्दर भबिष्य बगाएको थिएँ म मेरो उज्यालो भबिष्य खोज्थे तिम्रो त्यो अश्रुत नयनको अनन्त गहिराइ भित्र डुबेर अझै पनि चिसै छ तिम्रा आँसुले भिजेका यि काखहरु ……॥
पुर्णीमाको रातहरुमा जुनको सितलतालाइ ओढी सपना बुन्न खोज्छु कतै तिमी मेरो अध्याँरो जिबनको रोशनी बोकेर आउँछयौ कि भनेर,बर्षातको भेल सँगै पानी बनेर बग्छु कतै तिमी समुन्द्रको गहिराइ भित्र तैरिदै छौ कि भनेर, ति अँध्यारा सुन्य रातका चम्किला ताराहरुलाइ हेर्छु कतै तिमी त्यसरी नै मलाइ चिहाइरहेकी छौ कि भनेर,बिहानीको ति सेता टलकिएका हिमशिखरहरुमा खोज्छु कतै तिमी मलाइ नै जिस्काइरहेकी छौ कि भनेर तर सब यि मेरा निरर्थक प्रयास मात्र थिए जब कि तिमी टाढा क्षितिज पारी बिलकुलै नौलो संसारमा रमाइरहेकी थियौ तिम्रो आफ्नै ब्यक्तिगत संसारमा ……॥
जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मसतिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन ति तिम्रा नामहरु जुन मेरो नाम सँग जोडिएको छ ।
अझै पनि तिमी प्रती कती समर्पित छु हिजो भन्दा पनि कयौं गुणा…. । आज तिमी प्रतीको माया,मोह हरु प्रगाढ भएको छ । तर पनी के गर्नु समय म भन्दा धेरै अगाडी गइसकेको छ बस अब त बिगतको मिठो स्मृतीहरुले अध्याँरो भबिष्य सजाउनु सिवाय…। तिम्रो जिन्दगीले सधैं सफलताको शिखर चुमुन म आफु विफल भएपनी तिमी हिड्ने गोरेटो फुलले सजिउन मेरो गोरेटो काँडाले भरिएपनी जिन्दगीको गोरेटोमा लरखराउदा लरखराउदै कतै ढलेछु भने श्रद्धाञजली स्वरुप एक थुँगा फुल चढाइदेउ ल । बस मात्र ……..।
..........................................................................................
शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा जिवन विताउने चेस्टा गरिरहेको छु ।
शायद आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ?
Post a Comment