1.
मनका कुरा तिम्रै अघि फुकाउन सक्दिन म ।
तिम्रा हर प्रगतिमा मेरै खुसि लुकेको छ,
अघि बढ्न ला’का पाईला रुकाउन सक्दिन म ।
धेरै भयो पिडा भित्र छट्पटिदै बाँचेको छु,
रात दिन झर्ने आँशु सुकाउन सक्दिन म ।
माया दिदै साथ माग्यो त्यसैलाई पाप ठान्दै,
दुनियाको अघि त्यो शिर झुकाउन सक्दिन म ।
त्याग धेरै गरेका छौ जिन्दगीकै बाजि लगाई,
यो जुनिमा त्यागको मुल्य चुकाउन सक्दिन म ।
2.
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु।
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु।।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त 55 डिग्रीको घाममा जल्न पुगेछु।।।
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु।।।।
3.
साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले
शिशा जस्तै हाम्रो माया,फुट्यो बाध्याताले||
दैव लाई हाम्रो त्याग,स्वीकार भैन किन
अनायसै सारा खुसी,,,लुट्यो बाध्यताले||
कठोर बन्यो नचाहादै,चोखो प्रीत पनि
खुसी खोसी लछारेर,,कुट्यो बाध्यताले||
चौतारिमा भेट गरी,खोल्थ्यौ मनका कुरा
भेट हुने गोरेटो नि,,,टुट्यो बाध्यताले||
बाटो छुटी यात्रा मोड्मा,भेट्नै गाह्रो हुँदा
अन्तै तिर मेरो नाता,जुट्यो बाध्यताले||
4.
फूल जस्तै बन्छु भन्थे, काँढा भए आज"
शासनमा बाँधिएन, छाडा भए आज"
जिन्दगी यो जसो तसो,ज्युँनु खोज्दा पनि
समिपको चाह थियो, टाढा भए आज"
अमृत त्यो पिउँ भने, थाहा छैन कहाँ छ"
दुख कस्ट बोकी हिड्ने गाडा भए आज"
दिन केनै सक्छु मैले आफैसँग छैन केहि"
विहानिमै रित्तिएको,भाँडा भए आज"
चाह थियो फूल रोपी आगनी मा सजाउने "
नसम्मिने चट्टानको, डाँडा भए आज"
5.
धोका दियो समयले , आँसु दिने धेरै भए "
देखाओटि ताली पिट्दै हाँसो दिने धेरै भए ।।
पसिनाको मुल फुटाई ,कर्म पनि गरेकै छु ,
जति चोट लागेपनी , घाउमा मलम भरेकै छु ।।
साथ छोडी बिछोड्को , नासो दिने धेरै भए ,
देखाओटि ताली पिट्दै ,हाँसो दिने धेरै भए ।।
दुःख पछि सुख भन्थे , मेरो भागमा परेनकि ,
जिन्दगी भर बग्यो आँसु , अझै पीडा टरेन कि ।।
यो जुनि त एस्तै भयो, चासो दिने धेरै भए"
देखाओटि ताली पिट्दै , हाँसो दिने धेरै भए ।।
2.
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु।
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु।।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त 55 डिग्रीको घाममा जल्न पुगेछु।।।
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु।।।।
3.
साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले
शिशा जस्तै हाम्रो माया,फुट्यो बाध्याताले||
दैव लाई हाम्रो त्याग,स्वीकार भैन किन
अनायसै सारा खुसी,,,लुट्यो बाध्यताले||
कठोर बन्यो नचाहादै,चोखो प्रीत पनि
खुसी खोसी लछारेर,,कुट्यो बाध्यताले||
चौतारिमा भेट गरी,खोल्थ्यौ मनका कुरा
भेट हुने गोरेटो नि,,,टुट्यो बाध्यताले||
बाटो छुटी यात्रा मोड्मा,भेट्नै गाह्रो हुँदा
अन्तै तिर मेरो नाता,जुट्यो बाध्यताले||
4.
फूल जस्तै बन्छु भन्थे, काँढा भए आज"
शासनमा बाँधिएन, छाडा भए आज"
जिन्दगी यो जसो तसो,ज्युँनु खोज्दा पनि
समिपको चाह थियो, टाढा भए आज"
अमृत त्यो पिउँ भने, थाहा छैन कहाँ छ"
दुख कस्ट बोकी हिड्ने गाडा भए आज"
दिन केनै सक्छु मैले आफैसँग छैन केहि"
विहानिमै रित्तिएको,भाँडा भए आज"
चाह थियो फूल रोपी आगनी मा सजाउने "
नसम्मिने चट्टानको, डाँडा भए आज"
5.
धोका दियो समयले , आँसु दिने धेरै भए "
देखाओटि ताली पिट्दै हाँसो दिने धेरै भए ।।
पसिनाको मुल फुटाई ,कर्म पनि गरेकै छु ,
जति चोट लागेपनी , घाउमा मलम भरेकै छु ।।
साथ छोडी बिछोड्को , नासो दिने धेरै भए ,
देखाओटि ताली पिट्दै ,हाँसो दिने धेरै भए ।।
दुःख पछि सुख भन्थे , मेरो भागमा परेनकि ,
जिन्दगी भर बग्यो आँसु , अझै पीडा टरेन कि ।।
यो जुनि त एस्तै भयो, चासो दिने धेरै भए"
देखाओटि ताली पिट्दै , हाँसो दिने धेरै भए ।।
Post a Comment