तर्की जानु थियो भने जँघार तर्दै आयौ किन ? झर्की जानु थियो भने नजिक सर्दै आयौ किन ?
पीडा माथि पीडा थप्न देखावटी माया दिई फर्की जानु थियो भने मलम भर्दै आयौ किन ?
जीवन भरी साथ देउ भन्नेले नै साथ छोडि सर्की जानु थियो भने जाल गर्दै आयौ किन ?
अप्ठ्यारोमा साथ दिए भिरालोमा हात दिए लर्की जानु थियो भने वेसी झर्दै आयौ किन ?
नक्कली त्यो माया प्रिती देखाएर रुझाउन दर्की जानु थियो भने झरी पर्दै आयौ किन ?
Post a Comment