मात्र तिम्रो गीत त्यै गाए सधै ,मात्र तिम्रो याद त्यै पाए सधै
स्वाद मायाको मलाई के दियौ ,दुःख मात्रै आसुँ त्यै पाए सधै
फुल देखे टिप्न खोजे गल्ति भो ,फुल खोज्दा काण त्यै पाए सधै
त्यो जुनेली रात आयो यादमा ,याद तीखो तीरझै पाए सधै
प्राण फालौ झै भयो त्यो यादमा ,झन् अघी मेरो तिमी पाए सधै
प्राणको बाच्ने आधार दूर भो ,तैपनी आसा नयाँ पाए सधै
सम्झि माया गर्जियो आकास त्यो ,तैपनी मात्रै तिमी चाहेँ सधै
Post a Comment