धनकुटाको हिले बजार छिर्ने बित्तिकै पर्यटकलाई स्वागत गर्न तत्पर रहेको हुन्छ, तोङ्वाको भाँडो। हिलेको पर्यायका रूपमा चिनिएको तोङ्वाको यो सुन्दर भाँडो मदिरापान नगर्नेहरूका लागि पनि रमाइलो लाग्छ। डेढ वर्षअघि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले हिलेमा बनाइएको तोङ्वाको भाँडोको उद्घाटन गरेका थिए।
नेपालको दार्जीलिङ पनि भनेर चिनिने यस नगरको मुख्य विशेषता वरिपरिका डाँडाहरूमा मौलाउँदै गएको चिया खेती पनि बन्दै गएको छ, जसले हिलेको पहिचानलाई बढाइरहेको छ। त्यस्तै, कृषिको क्षेत्रमा रुचि राख्नेहरूका लागि ४५ मिनेट पैदल वा १५ मिनेट गाडीमा पुगिने पाख्रीबास कृषि अनुसन्धान केन्द्र पनि एक गन्तव्य हो। अझ सूर्योदयसँगै टल्कने मकालु र कञ्चनजङ्घा हिमालको दृश्यले बिहानको स्वागत गररिहेको हुन्छ भने नेपालकै सबैभन्दा होचो अरूण उपत्यकाको मनोरम दृश्य, दक्षिणतर्फ सप्तकोसीको किनारमा रहेको समथर तराईका फाँटहरूको दृश्यले हिले पुग्ने जोकोहीलाई पनि छुट्टै संसारमा आइपुगेको महसुस गराउँछ।
छिनमै घाम लाग्ने र छिनमै कुइरोले ढाक्ने वातावरणले हिलेलाई अझ रमणीय बनाइदिएको छ। कुइरोले ढाकेका डाँडाहरूको दृश्य कैद गर्नका लागि यस क्षेत्रमा आउने पर्यटकहरूको तँछाडमछाड नै हुन्छ। कञ्चनजङ्घा र मकालु हिमालको पदयात्रा गर्ने पर्यटकहरूको पहिलो गन्तव्य हिले नै हो। आन्तरकि तथा बाह्य पर्यटकहरूका लागि काठमाडौँबाट हिलेसम्मको यात्राका दुईवटा विकल्प छन्। एउटा काठमाडौँबाट सीधै विराटनगर हवाईजहाजको यात्रा र त्यसपछि इटहरी र धरान हँुदै भेडेटार र धनकुटालाई छिचोलेर साढे दुई घन्टाको बस यात्रा तय गर्नुपर्ने हुन्छ, जसका लागि काठमाडौँबाट विराटनगर ४ हजार २ सय र विराटनगरबाट हिलेसम्मका लागि तीन सय रुपियाँ भाडा लाग्छ। दोस्रो हो, काठमाडौँबाट सीधै हिलेका लागि रात्रिबस, जसका लागि एक हजार रुपियाँ लाग्छ।
दिनभरकिो घुमघाम र दृश्यावलोकन गरेर हिलेको सदाबहार चिसोलाई तताउनका लागि साँझ परेपछि हिलेमा रहेका तीन दर्जन ठूला र पाँच दर्जन साना गरी ९० होटलहरू छन्। होटलहरू सुकुटी, गुन्द्रुकको अचारका साथ तोङ्वा लिएर पर्यटकहरूको स्वागतका लागि आतुर हुन्छन्। लोकल कुखुराको मासुसहित एक सेट खानाको दुई सयदेखि २ सय ५० रुपियाँसम्म तिर्नुपर्ने हुन्छ भने तातो-चिसो पानीसहितको एटेच बाथरुम भएको कोठाको एक हजार रुपियाँसम्म लाग्छ।

Post a Comment