सारी, ब्लाउज र गहनामा सजिएकी करिब एक दर्जन ग्रामीण महिला लहरै निस्किए । उनीहरूको टाउकोमा थिए- बा“सका चोयाबाट निर्मित डालोमा बलेको दियोसहित अनेक प्रकृति र रूप समेटिएका माटोका प्रतिमाहरू । चिसो बढदै गएको जूनेली सा“झ उनीहरू रोमाञ्चक पारिरहेका थिए- संगीत र कलाका पारखीलाई ।
मिथिलाका ग्रामीण समुदायमा आजभोलि दिदीबहिनीहरूले हरेक सा“झ घरबाट टाउकोमा डालो राखेर निस्कन्छन् । बाटो वा खुला अकाशमुनि चौरमा भेला भई स्थानीय लोकभाकामा गीत-संगीत गाउ“दै मनोरञ्जन गर्दै धुमधामस“ग मनाउने गर्छन्- पौराणिक पर्व सामा-चकेवा । दिदीबहिनी र दाजुभाइको आपसी प्रेम, स्नेह र सद्भावमा आधारित पर्व हो यो । हरेक वर्षछठ पर्वको एक दिन अगाडिदेखि दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दर्ीघायु र सुख-समृद्धिका लागि सामा-चकेवा पर्व मनाउने गर्छन् । दाजुभाइ र दिदीबहिनीको मायाको प्रतीकका रूपमा रहेको यो पौराणिक पर्व कार्तिक .शुक्ल पञ्चमीदेखि पूणिर्मासम्म नियमित रूपमा नौ दिनसम्म मनाइन्छ ।
सामा-चकेवा मनोरञ्जनका साथै धार्मिक र सांस्कृतिक खेल पनि हो । यो खेल बालिकाको भए पनि किशोरी र प्रौढ महिलाले पनि उत्साहपर्ूवक खेल्ने गरेका छन् । यसमा दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि र रक्षाको कामना गर्दै माटोको सामा -बहिनी), चकेवा
-भाइ), वृन्दावन -झगडिया), चुगला -कुरौटे) र सतभैया आदिको प्रतिमा बनाउ“छन् । विशेषगरी पञ्चमीका दिन मिथिलाका दिदीबहिनीले गाईको गोबर र रातो एवं सेतो माटोले घर आ“गन लिपपोत गरी सफासुग्घर पारिन्छ । त्यसपछि सामा-चकेवालगायतका प्रतिमा बनाउन सुरु गरी हरिबोधिनी एकादशीभन्दा पर्ूव आवश्यक सम्पर्ूण्ा सामग्री बनाई सकिन्छ । पञ्चमीका दिन प्रतिमालाई सेतो बनाउनका लागि अरुवा चामल पि“धेर लेपन गरिन्छ । त्यसपछि सुहाउ“दो र इच्छाअनुसारका रङ प्रयोग गरी सामालाई सि“गारिन्छ । माटोको प्रतिमा बनाउ“दा मैथिल समुदायका दिदीबहिनीले यसरी गीत गाउ“छन्-
गंगा रे जमुनवा कि हो चिकनी माटी हे ,
आहे कोरी दिए सबके भैया गंगा बैसी माटी हे ।
Post a Comment