विभिन्न किसिमका रङ खेली साथीभाइ एवम् आफन्तमा आत्मीयताको विकास गर्ने रङ्गीन चाड होलीपर्व शनिबार नेपालको पहाडी क्षेत्रमा र आइतबार तराईका विभिन्न क्षेत्रमा मनाइँदैछ ।
काठमाडौँको हनुमानढोकाअगाडि फागुन कृष्ण अष्टमीका दिन विभिन्न रङका ध्वजा पटाकाले सिङ्गारिएको लिङ्गोलाई विधिविधानअनुसार पूजा गरी ठडुइएपछि औपचारिकरुपमा फागुपर्व सुरु भएको मानिन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रुपमा मनाइने यो चाड त्यसपछि प्रह्लाद कृष्णहोलिका ढुण्डा आदिका कथा माध्यमका साथ फागु फगुवा होलिका आदि नामबाट मनाउने गरिएको इतिहास पाइन्छ । यो चाड रङ खेल्ने चाडका रुपमा मनाउने प्रचलन छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख सहप्राध्यापक डा। मिलन शाक्यले यो पर्व वसन्त ऋतुको उत्सव भएको र फागुअघि महाशिवरात्रि तथा पछि नवरात्रि पर्ने भएकाले यस पर्वले भगवान् शिवलाई शक्तिसँग जोडी सृष्टिलाई गतिशील बनाउँदै मानवलाई ऊर्जा प्रदान गर्ने विचार व्यक्त गर्नभयो ।
नेपाली पात्रोअनुसार वसन्तमा वर्षको अन्त र नव वर्षारम्भ हुन्छ ।
विक्रम संवत् वसन्त ऋतुबाट नै आरम्भ हुन्छ र ब्रह्माले सृष्टिको शुभारम्भ पनि फागुपर्व मनाउने वसन्त ऋतुबाट नै गरेको ब्रह्मपुराणमा उल्लेख छ । फागुले सृष्टि प्रगति स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गरी हाम्रो नयाँ वर्ष प्रवेशलाई मङ्गलमय र गतिशील बनाउँछ ।
नेपालीको मौलिक परम्पराको बनेको रङ्गीन चाड विकृतिका रुपमा परिणत हुन खोजिरहेको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाले जथाभावी लोला हान्नेलाई विशेष निगरानी गरी कडाइका साथ कारबाही अघि बढाएकाले अघिल्लो वर्षजस्तै यसपटक भने होली आउनु केही दिनअघिदेखि लोला हान्ने परम्परा त्यति मौलाउन पाएनन ।
विगत वर्षमा काठमाडौँ उपत्यकाका सडकमा पानी भरिएका लोला हान्ने र पानी फाल्ने काम एक साताअघिदेखि सुरु हुने गरेकाले यसले विशेषगरी काम विशेषले हिँड्नुपर्ने महिलालाई अप्ठेरो पर्ने गरेको थियो ।
धार्मिक व्यक्तित्व डा चिन्तामणि योगी यसको आरम्भ शब्दरुप हालका थियो र यसलाई हिजोआज प्रचलित भाषामा होली भनिन्ा थालिएको तर्क दिनुहुन्छ । फागुनको पूर्णिमामा दुनियाँले शृङ् अर्थात् पिचकारीबाट परस्परमा रङ्गीन पानी छुप्ने र सुगन्धित चूर्ण छर्कर्ने र मनोराजन गर्ने परम्परा रहिआएको उहाँले बताउनुभयो ।
प्रेमका साक्षात्स्वरुप श्रीकृष्णले कंशकी बहिनी पुतनालाई मारेपछि गोपाल र गोपिनीसँग रासलीलाका साथै रङ खेलेर उत्सव मनाइएको स्मरण गर्दै उहाँले वृन्दावनमा त्यसैको सम्झनामा अहिले पनि हर्षोल्लासका साथ फागुपर्व धुमधामसँग मनाइने परम्परा रहेको जानकारी दिनुभयो ।
राक्षसहरुले स्वर्गका देवताहरुलाई पराजित गर्न लागेपछि तिनको रक्षा गर्ने उद्देश्यले देवताहरुको अनुरोधमा कामदेवले तपस्यारत महादेवको निधारमा वाण हान्दा त्रिनेत्रको ज्वालाबाट भष्म भएपछि उनकी श्रीमती रतीको अनुरोधमा पुनः उनीहरुको मिलन भएको दिनका रुपमा पनि यो चाड मनाउन थालिएको बताइएको छ ।
आफ्ना पुत्र प्रह्लाद शिवभक्त भएपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई मार्ने आज्ञा दिएकाले होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा जाँदा प्रह्लादलाई केही नभई होलिका स्वयम् जलेर मरिन् ।
Post a Comment